नेपाली सिनेमाप्रति दर्शकहरु बढ्दै

maitrinews

 

न्युयोर्क । पछिल्ला दिनमा न्युयोर्कमा नेपाली सिनेमाप्रति दर्शकहरु बढ्दै गएका छन् । न्युयोर्कमा मानिसहरुको व्यस्तताले गर्दा नेपाली सिनेमा प्रदर्शनमा दर्शकहरुको कमीका कारण यसअघि सिनेमा प्रदर्शनमा खासै ध्यान दिइएको थिएन । दुई महिनाअघि प्रदर्शित भैरे सिनेमा हेर्न अत्यधिक भीड बढ्यो । त्यस्तै भीड हालै प्रदर्शन गरिएको प्रसाद फिल्ममा देखिएको छ ।
प्रसाद फिल्मका चार पटक शो सफलतापूर्वक देखाइयो । यसले गर्दा यहाँ दर्शकहरु बढेको भनेर अरु फिल्महरु देखाउने तयारी गरिएको कुरा मुग्लाङ डिजिटल भीडीयोका प्रोपाइटर शम्भु मोक्तानले जानकारी दिनुभएको छ ।


उहाँका अनुसार केही दृश्य न्युयोर्कमै छाँयाङ्कन गरिएको ए मेरो हजुर ४ फिल्म छिट्टै प्रदर्शन गरिने तयारी गरिएको छ ।
चारवटा शो सफलतापूर्वक प्रदर्शन गरिएको फिल्म प्रसादलाई दर्शकहरुले निकै मन पराए । अन्तरजातीय विवाहपछिको समाजको नजर, सन्तानपछिको माया र आफन्तबाट पाएको धोकाबाट दुःखी हुने सामाजिक फिल्ममा कलाकार नम्रता श्रेष्ठ, विपीन कार्की र निश्चल बस्नेतको सशक्त भूमिका रहेको छ ।
अमेरिकामा फिल्मका दर्शहरुमा बालक र ज्येष्ठ नागरिकलाई विशेष छुट दिने कानुनी व्यवस्था छ । यसमा शम्भु मोक्तानले पूरै छुट दिएर सराहनीय काम गर्नुभएको छ । फिल्म ज्याक्सन हाइटको गुल्सन टेरेसमा प्रदर्शन गरिएको थियो ।