भारत निर्वाचन : ९० करोड मतदाता, विश्वकै ठूलो मतदान सुरु

 

नयाँदिल्ली । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको निर्वाचनको पहिलो चरण बिहीबारबाट सुरु भएको छ।
दशौँ लाख भारतीयहरूले २० वटा राज्य र केन्द्रशासित क्षेत्रका ९१ वटा निर्वाचनक्षेत्रमा मतदान गर्नेछन्।

संसद्को तल्लो सदन लोकसभाका लागि सात चरणमा हुने मतदान मे १९ तारिखसम्म हुनेछ। तर मतगणना भने २३ तारिखमा सुरु हुनेछ।

नब्बे करोड योग्य मतदाता रहेको यो निर्वाचनलाई विश्वमा अहिलेसम्म भएको सबैभन्दा ठूलो निर्वाचन मानिएको छ।