रसिलो त्यो मायाको बोलीमा ..सार्बजनिक

maitrinews

संगीतकार दीपक शर्माको संगीत , डि.पि परीश्रमीको गीत रचना, रामकृष्ण श्रेष्ठ र जेनी खालीङको स्वर रहेको रसिलो त्यो मायाको बोलीमा..बोलको मिठो आधुनिक , लोक बेसको गीत सार्बजनिक भएको छ । गीतको बोल र संगीतको तालको मिलन पछि राम्रो सांगीतिक खुराक निक्लन्छ भन्ोझै एउटा राम्रो गीत बजारमा आएको छ । ओएसआर डिजिटल मार्फत युटुबमा भिडियो सार्बजनिक गरेको उक्त गीतमा नायिका अनु शाह र नायक नरेन खड्काले अभिनय गरेका छन् । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गर्नु भएको छ । अत्यन्तै मनोरंजनात्मक आनन्दायी दृश्यहरु संलग्न यस भिडियोमा मायाका पारखीहरुले स्वर्गबाट झरेकी अप्सराको बयान सुन्न पाउनुहुनेछ ।

भिडियो हेरेर मनोरंजन लिनु हुन र उचित सल्लाह, सुझावको आशा गरेकोछु ।