भाजपालाई पुनः ऐतिहासिक जनादेश, मेरा लागि केही गर्ने छैन : मोदी

maitrinews

 

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ऐतिहासिक जनादेश दिएको भन्दै भारतीय जनतालाई धन्यवाद भनेका छन्।

बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए।

ूहामी सबै एक नयाँ भारत चाहन्छौँ। म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु,ू भारतीय जनता पार्टी ९भाजपा० का समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने।

ूआउने दिनहरूमा म नराम्रो अभिप्राय वा उद्देश्यले कुनै काम गर्नेछैन। काम गर्दैगर्दा गल्ती पनि हुन सक्छ। तर खराब नियतले केही गर्ने छैन। तपाईँहरूले ममाथि यत्रो भरोसा जनाउनुभएको छ, म आफ्नो लागि केही गर्नेछैन।ू

मतगणना हुँदै गर्दा लोकसभाको ५४३ सीटमध्ये भाजपाले झन्डै ३०० सीट जित्ने प्रक्षेपण गरिएको छ। उसको गठबन्धनले ३४० भन्दा धेरै सीट जित्न सक्छ।

सो दलले सन् २०१४ को निर्वाचनमा भन्दा धेरै मत प्राप्त गर्ने जित्ने देखिएको छ।