नयाँदिल्ली ।  भारतको नवगठित मन्त्रिपरिषदको कार्य विभाजन गरिएको छ । नवगठित मन्त्रिपरिषद्को गृहमन्त्रीमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह बन्नुभएको छ भने पूर्व गृहमन्त्री राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेबारी दिइएको छ ।

राजनीतिक वृतलाई नै अचम्ममा पार्दै मन्त्रीका रुपमा सामेल गरिएका एक मात्र गैर सांसद तथा पूर्व विदेश सचिव एस जयशंकर मोदी सरकारको विदेश मन्त्री बन्नुभएको छ ।

भारतको राष्ट्रपति भवनबाट जारी विज्ञप्ति अनुसार निर्मला सिता रमन अर्थ, रवि शंकर प्रसाद कानुन, नरेन्द्र तोमक कृषि, स्मृति इरानी महिला तथा बाल विकास, प्रकाश जाभेदकर सूचना तथा प्रसार, पियुस गोयल रेल मन्त्री, नितिन गडकरी सडक परिवहन मन्त्री बन्नुभएको छ ।

२५ क्याविनेट सहित ५८ सदस्यीय मन्त्रि परिषद्लाई बिहीबार करिव ६ हजार आमन्त्रित व्यक्रिहरुको उपस्थितिमा राष्ट्रपति भवन अगाडिको चउरमा राष्ट्रपति रामनाथ कोबिन्दले शपथ गराउनुभएको थियो ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

यसैबीच भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली पुग्नुभएका  प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्तँ भएको हो ।

भेटमा दुबै नेताले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीलाई मोदीले दिए रुद्राक्ष उपहार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समकक्षी नरेन्द्र मोदीले रुद्राक्ष उपहार दिनुभएको छ । शुक्रबार हैदराबाद हाउसमा भएको भेटवार्तापछि मोदीले रुद्राक्ष उपहार दिनुभएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले जनाउनुभएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो  दिनुभएको छ ।

कसले के जिम्मेवारी पाए

नितिन गडकरी- सडक परिवहन मन्त्री

स्मृति इरानी- महिला एवं बाल विकास मन्त्री

एस जयशंकर- विदेश मन्त्रालय

पीयूष गोयल- रेल मन्त्रालय एवं वाणिज्य मन्त्रालय

धर्मेंद्र प्रधान- पेट्रोलियम मन्त्रालय, इस्पात मन्त्रालय

रविशंकर प्रसाद- कानून मन्त्रालय

नरेंद्र सिंह तोमर – कृषि मन्त्रालय

डी सदानंद गौडा- रसायन एवं उर्वरक मन्त्रालय

मुख्तार अब्बास नकवी – अल्पसंख्यक मामला मन्त्री

महेंद्र नाथ पांडेय- कौशल विकास मन्त्रालय

रामविलास पासवान- खाद्य एवं आपूर्ति मन्त्री

हरसिमरत कौर बादल- खाद्य प्रसंस्करण उद्योग मन्त्री

थावर चंद गहलोतः सामाजिक न्याय तथा अधिकारिता मन्त्री

अर्जुन मुंडा- जनजातीय मामला मन्त्री

प्रकाश जावड़ेकर- सूचना एव प्रसारण मंत्री, पर्यावरण मन्त्री

प्रलहाद जोशी- संसदीय मामला तथा कोयला मन्त्री