भारतमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्रीभन्दा माथि

 

नयाँदिल्ली । भारतमा गर्मी चरमोत्कर्षमा पुगेको छ। देशका विभिन्न स्थानमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा उकालो लागेको छ।

उत्तरी राज्य राजस्थानको चुरुमा आइतबार तापक्रम ५०।८ डिग्री पुगेको भारतको मौसम विभागले जनाएको छ।

तापक्रम बढेपछि राजस्थान र मध्य प्रदेश राज्यमा गर्मीको लहर बढ्ने चेतावनी दिइएको छ। दुवै राज्यमा सर्वाधिक गर्मी हुने गर्छ।

यो वर्ष उत्तरी समथर भूमिदेखि पश्चिम तथा दक्षिणी भेगमा पनि प्रचण्ड गर्मी भएको छ।

घरबार नभएका व्यक्तिहरू गर्मीबाट धेरै पीडित भएका छन्। सडक व्यापारी, ट्राफिक प्रहरी तथा रिक्साचालकहरू गर्मीमै काम गर्न बाध्य छन्।