गोलान हाइट्समा इजरायलले अमेरिकी राष्ट्रपतिको सम्मानमा ट्रम्प हाइट्स बनाउने

maitrinews

 

गोलान हाइट्स । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरेल अधीनस्थ गोलन हाइट्स क्षेत्रमा अमेरिकी राष्ट्रपतिको सम्मानमा निर्माण गर्न लागिएको नयाँ बस्तीको उद्घाटन गर्नुभएको छ ।

आइतवार आयोजित कार्यक्रममा बोल्दै नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गोलन क्षेत्रमा इजरेली सम्प्रभुतालाई मान्यता दिएकाले सो बस्तीको नाम ट्रम्प हाइटस् राखिएको बताउनुभयो ।

बस्ती निर्माण सुरु हुन बाँकी भए पनि सो स्थानमा ट्रम्पको नाम तथा अमेरिकी र इजरेली झण्डा अङ्कित सङ्केतचिह्न राखिएको छ।