पाँच घण्टाको संघर्षपछि जोकोभिकले जिते विम्बल्डन उपाधि

maitrinews

 

काठमाडौं । विम्बलडन टेनिसको पुरुषतर्फको उपाधि सर्भियाका नोभाक जोकोभिकले जितेका छन् । झण्डै पाँच घण्टासम्म चलेको प्रतिस्पर्धामा स्वीटजरल्याण्डका रोजर फेडेररलाई ७(६ ले हराउँदै जोकोभिकले उपाधि उचालेका हुन् ।

उनीहरुबीचको संघर्ष ४ घण्टा ५७ मिनेटसम्म चलेको थियो । त्यसमध्ये पाँचौ सेट नै करिब दुई घण्टाको थियो ।जोकोभिकले पहिलो सेट ७(६ ले जिते तर दोस्रो सेट १(६ ले हारे । त्यसपछि तेस्रो सेट ७(६ ले जिते र चौथो सेट ४(६ ले हारे । पाँचौं तथा अन्तिम सेटमा खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा जोकोभिकले फेडेररलाई १३(१२ ९७(६० ले हराए ।

यो जोकोभिकको पाँचौं विम्बल्डन उपाधि हो । यो जितसँगै उनले स्वीडेनका ब्योर्न बोर्गसँग रेकर्ड बराबरी गरेका छन् ।

जोकोभिकको यो १६ औं ग्राण्डस्लाम जित पनि हो । यद्यपि विश्वमा सबैभन्दा धेरै २० ग्राण्डस्लाम जितेर फेडेरर शीर्ष स्थानमा छन् । फेडेररले ८ विम्बल्डन, ६ अष्ट्रेलियन ओपन, ५ युएस ओपन र एक फ्रेन्च ओपन जितेका छन् ।