भारतका भूतपूर्व अर्थमन्त्री अरुण जेटलीको निधन

 

नयाँ दिल्ली । लामो समयदेखि बिरामी परेका भारतका भूतपूर्व अर्थमन्त्री अरुण जेटलीको शनिवार निधन भएको छ।

उनलाई सास फेर्न अप्ठेरो भएपछि अगस्ट ९ तारिखमा दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीका नजिकका सहयोगी रहेका ६६ वर्षीय जेटली सत्तारूढ भारतीय जनता पार्टी बीजेपीका वरिष्ठ सदस्य थिए।

जेटली भारतका अर्थमन्त्रीका हैसियतमा दुई वर्षअघि नेपालमा लगानी सम्मेलनमा भाग लिन आएका थिए।

त्यतिबेला उनले नेपालको आर्थिक विकासका लागि विविध क्षेत्रमा लगानी गर्न भारत सरकार प्रतिबद्ध रहेको बताएका थिए।