ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन मारिए

 

अमेरिका । हम्जा बिन लादेन आफ्ना बुवाको स्थान लिनेगरी अल कायदाको नेताका रूपमा उदाइरहेको बताइएको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अल कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन वासिङ्टनको कारबाहीमा मारिएको पुष्‍टि गरेका छन्।
गत महिना गुप्तचर स्रोतहरूलाई उद्धत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले उनी हवाई हमलामा मारिएको जनाएका थिए।अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रूपमा विश्वका लागि खतरनाक आतङ्कवादीको सूचीमा राखेको थियो।

हम्जा बिन लादेन आफ्ना बुवाको स्थान लिनेगरी अल कायदाको नेताका रूपमा उदाइरहेको बताइएको थियो।
३० वर्षका बताइएका उनले पछिल्लो समय श्रव्यदृश्य सामग्रीमार्फत् अमेरिका र उसका पश्चिमा साझेदारसँग सन् २०११ मा मारिएका आफ्ना बुवाको हत्याको बदला लिनुपर्ने बताउँदै आएका थिए।

ूअल(कायदाका बरिष्ठ सदस्य एवं ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन अमेरिकाले अफ्गानिस्तानरपाकिस्तान क्षेत्रमा गरेको प्रतिआतङ्कवाद कारबाहीमा मारिएका छन्,ू ह्वाइटहाउसद्वारा जारी गरिएको संक्षिप्त विज्ञप्तिमा ट्रम्पले भनेका छन्।

तर उक्त विज्ञप्तिमा कारबाही गरिएको समय भने खुलाइएको छैन।

गत फेब्रुअरीमा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने वासिङ्टनले बताएको थियो।

हम्जाले अबर प्रायद्वीपका जनतालाई विद्रोह गर्न आह्वान गरेका थिए।

साउदी अरेबियाले भने गत मार्च महिनामा उनको नागरिकता खोसेको थियो।
उनी कहाँ छन् भन्नेबारे फरकफरक अनुमान पाइने गरेका थिए।