भारतको गोदावरी नदीमा ६१ जना सवार डुङ्गा डुब्यो, ११ को मृत्यु
गोदावरी । भारतको आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा भएको एक डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
राज्यको प्रकोप व्यवस्थापन विभागले डुबेको डङ्गामा ६१ जना सवार भएको जसमध्ये धेरैजसो पर्यटक भएको जानकारी दिएको छ ।
पूर्वी गोदावरी जिल्लाको देवीपट्टनम मण्डलको कच्चालुरु गाउँमा यो दुर्घटना आइतबार दिउँसो भएको हो । डुङ्गामा सवार ६१ मध्ये ५० पर्यटक थिए बाँकी कर्मचारी थिए ।
दुर्घटनाका बेला यी मानिसहरु गोदावरी नजिकै पापीकोंडालु पहाडमा घुम्नका लागि जाँदै थिए ।
डुङ्गामा सवार २० जना सुरक्षा ज्याकेट ९लाइफ ज्याकेट० लगाएर स्थानीयको मद्दतमा किनारासम्म पुग्न सफल भए ।