इजरायलमा कुनै दलको बहुमत आएन, संयुक्त सरकार बनाउने प्रयास

maitrinews

 

इजरायल । इजरायलका प्रधानमन्त्री र मुख्य विपक्षी नेताबीच संयुक्त सरकार बनाउन अग्रसरता लिने एउटा उल्लेखनीय सहमति भएको त्यहाँका राष्ट्रपतिले जनाएका छन्।
राष्ट्रपति रूभेन रिभ्लिनले प्रधानमन्त्री बेन्जमिन नेतन्याहु र विपक्षी नेता बेनी ग्यान्ट्ससँगको भेटपछि दुवै नेताले महत्त्वपूर्ण कदम चालेको बताएका हुन्।
राष्ट्रपतिले दुई प्रतिस्पर्धी नेतासँग गरेको छलफलको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। तर उनले भने, ूहामीले एउटा विशेष कदम अघि बढाएका छौँ।ू
संयुक्त वक्तव्यमा प्रधानमन्त्री नेतन्याहु र ग्यान्ट्सले पनि नयाँ सरकार गठनको निम्ति वार्ता गर्ने सहमति भएको जनाएका छन्।
उनीहरूका अनुसार दुवै दलका वार्ताकारहरूबीच मङ्गलवार छलफल हुनेछ।
यो वर्ष दोस्रो पटक भएको गत साताको निर्वाचनमा कसैको बहुमत नआएपछि त्यहाँ राजनीतिक अन्योल कायम छ।
ग्यान्ट्सको गठबन्धनले ३३ र नेतन्याहुको दलले ३१ सीट जितेका छन्।
राष्ट्रपतिले दुवै पक्षलाई सरकारमा सहभागी गराउने उपाय सुझाएका छन्।