महाभियोगबारे छानबिनको नेतृत्व गरिरहेकालाई पक्राउ गर्नुपर्छः ट्रम्प
अमेरिका । अमेरिकी राष्ट्रपति ट्रम्पले आफूविरुद्ध महाभियोगबारे छानबिनको नेतृत्व गरिरहेका कङ्ग्रेस सदस्यलाई देशद्रोहको आरोपमा पक्राउ गरिनुपर्ने बताएका छन्।
कुनै प्रमाणविनै संसद्को तल्लो सदनको जासुसीसम्बन्धी समितिका अध्यक्ष डेमोक्र्याटिक नेता एड्म सीफले अमेरिकी तथा युक्रेनी राष्ट्रपतिबीचको फोन कुराकानीको लिखित स्वरूप झूटो रूपमा प्रस्तुत गरेको ट्रम्पले आरोप लगाए।
ट्रम्पले उनलाई पदबाट हटाइए गृहयुद्ध हुने भनी एकजना प्यास्टरले फक्स न्यूजलाई बताएको कुरा पनि उद्धृत गरेका छन्।
ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयमा छानबिन शुरू गराउने एकजना उजुरीकर्ताका वकिलहरूले राष्ट्रपतिका भनाइले उनी खतरामा परेको बताएका छन्।
युक्रेनी राष्ट्रपतिसँगको टेलिफोन कुराकानीको लिखित स्वरूप बाहिर आइसकेपछि ट्रम्पले उजुरीकर्तालाई सार्वजनिक गरिनुपर्ने बताएका छन्।
डेमोक्र्याटहरूले पहिचानको रक्षा गरिने सुनिश्चित भएपछि उजुरीकर्तालाई ूछिट्टैू बयान लिइने बताएका छन्।