मुस्लिमविरोधी नयाँ कानुनले भारतमा तनाव

 

नयाँदिल्ली । भारतमा नागरिकतासम्बन्धी नयाँ कानुन बनेको छ । विपक्षी कांग्रेस अध्यक्ष सोनिया गान्धीले यसलाई संवैधानिक इतिहासकै कालो दिन बताउनुभएको छ ।
भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान , बाङ्ग्लादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको एउटा विधेयक पारित गरेको छ।
तल्लो सदन लोकसभाबाट पारित भइसकेको विधेयक माथिल्लो सदन राज्यसभामा १२५ मतसहित स्वीकृत भएको हो। उक्त विधेयकविरुद्ध राज्यसभामा १०५ मत खसेको थियो।
नागरिकता संशोधनसम्बन्धी यस विधेयक अब प्रमाणित भएपछि कानुन बन्नेछ।
माथिल्लो सदनमा सत्ताधारी भारतीय जनता पार्टी भाजपाको बहुमत नरहेकाले यस कानुनलाई भारतमा एउटा परीक्षण मानिएको थियो।
विधेयकविरोधी प्रदर्शन भइरहेको भए पनि बेला संसदीय प्रक्रियाबाट विधेयक पारित भएको हो।

त्यहाँका मानिसहरू छिमेकी देश बङ्गलासदेश आउने आप्रवासीको चेपुवामा आफूहरू पर्ने भन्दै आक्रोशित भएका छन्।

त्रिपुरामा सेना परिचालन गरिएको छ। असामको राजधानी गुवाहाटीमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएको छ।
थप झडपहरू रोक्न भन्दै थुप्रै जिल्लाहरूमा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध पारिएको छ।
आलोचकहरूले उक्त विधेयकलाई विभेदकारी भन्दै आएका छन्।
तर सत्तारूढ भारतीय जनता पार्टी भाजपाले धार्मिक आस्थाका कारण अन्य देशबाट भाग्नुपर्ने अवस्था भोग्ने व्यक्तिहरूलाई यस कानुनले संरक्षण प्रदान गर्ने बताएको छ।