सोमालियामा कार बम विस्फोट, ७६ जनाको मृत्यु
सोमालिया । सोमालियाको राजधानी मोगादिसुमा बिहानको व्यस्त समयमा भएको कार बम विस्फोटमा परी कम्तीमा ७६ जनाको मृत्यु भएको छ।
सो विस्फोट राजधानीको व्यस्त सडकमा रहेको चेकपोस्टमा भएको थियो।
मदिना अस्पतालका निर्देशक डा मोहम्मद युसुफले अहिलेसम्म आफूहरूले ७३ शवहरू बुझेको एक समाचार संस्थालाई बताएका छन्।
अहिलेसम्म हामीले ५१ जना मृत मानिसलाई लगेका छौँ, आमिन एम्बुलेन्स सेवाका अब्दिकादिर अब्दिरहमान हाजी आदेनले समाचार संस्था रोयटर्सलाई भने।
विस्फोटको जिम्मा हालसम्म कुनै समूहले लिएको छैन। सोमालियामा यसअघि यस्ता आक्रमण अल शबाब समूहले गर्ने गरेको थियो।
अल कायदासँग सम्बन्धित अल शबाबले १० वर्षदेखि सोमालियमा विद्रोह गरेको छ र सन् २०११ मा राजधानीबाट धपाइएको भए पनि अन्य केही भागमा यसको नियन्त्रण छ।