परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा

maitrinews

 

तेहरान । इरानले सन् २०१५ मा भएको एउटा अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्धलाई नमान्ने बताएको छ।
अमेरिकी हवाई आक्रमणमा एकजना इरानी सैन्य जेनेरल मारिएपछि इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानको यो भनाइ सार्वजनिक भएको हो।
एउटा वक्तव्यमार्फत् इरानले अब उसले उक्त परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवर्द्धनको सीमालाई नमान्ने जनाएको छ।
सन् २०१५ मा भएको त्यस सम्झौतामा इरानको युरेनियम प्रवर्द्धन कार्यक्रमलाई सीमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो।
तेहरानका अनुसार अब उसले सम्झौता अनुसार युरेनियमको भण्डारण र प्रवर्द्धनका लागि तोकिएको मात्राको उपेक्षा गर्नेछ।