चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६१ पुग्यो

maitrinews

 

काठमाडौं । कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ३६१ पुगेको छ ।
एकै दिन ७५ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीले जनाएको छ । चीन बाहिर आइतबार फिलिपिन्समा पनि एक जनाको ज्यान गएको छ ।

यस्तै थप ३ हजारमा कोरोना संक्रमण भएको पनि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ । अब संक्रमितको संख्या चीनमा मात्र १७ हजारभन्दा धेरै भएको छ । चीनभन्दा बाहिर २४ देशमा गरी १५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ ।