ट्रक र बस एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु

maitrinews

 

भारत । भारतको उत्तर प्रदेश राज्यको फिरोजाबाद सहर स्थित आगरा–लखनउ एक्सप्रेस वेमा ट्रक र बस एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ ।

भारतको राजधानी नयाँ दिल्लीबाट विहारको मोतिहारी सहरतर्फ जाँदै गर्दा विपरित दिशाबाट आउदै गरेको ट्रकसंग ठोक्किँदा बसमा सवार १३ जना र १ जना ट्रक चालक गरि १४ जनाको घटनास्थलमा मृत्यु भएको थियो ।

नयाँ दिल्लीबाट विहारको मोतिहारीतर्फ जाँदै गरेको बसमा ५० जना यात्रुले यात्रा गर्दै थिए ।

दुर्घटनामा घाइते भएका ३१ जनाको उपचार फिरोजाबादस्थित एक अस्पतालमा भइरहेको छ ।