कोरोनाबाट अमेरिकामा एक जनाको मृत्यु

maitrinews

 

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ुआतङ्कित हुनुपर्ने कारण नरहेकोु बताएका छन् ।
अमेरिकामा उत्तर पश्चिमी वाशिङटन राज्यमा कोरोनाभाइरसका कारण अमेरिकामै पहिलो मृत्यु भएको बताइएको छ।

पहिले नै केही स्वास्थ्य समस्या रहेका पाँचको दशकको उमेर भएका पुरुषको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले अरू पनि त्यस्ता सङ्क्रमितहरू ुदेखिन सक्नेु भन्दै अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको बताए।

अधिकारीहरूले अति प्रभावित इटली र दक्षिण कोरिया पछि इरानका लागि पनि यात्रा प्रतिबन्ध थप्न लागिएको जनाएका छन्।

संसारभर ८५ हजारमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको र ३,००० जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। कोरोना भाइरस पहिलोपटक देखा परेको चीनमा धेरैजसो सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या रहेको छ।