कोरोनाभाइरस महामारी फैलिन नदिन भारतका २२ राज्यमा मार्च ३१ सम्म ‘लकडाउन’

कोरोनाभाइरस महामारी फैलिन नदिन भारतका २२ राज्यमा मार्च ३१ सम्म ‘लकडाउन’

नयाँदिल्ली । भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको छ।

राजधानी दिल्लीमा सोमवार बिहान ६ बजेदेखि लकडाउन लागु भयो। तर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन्।

यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुका सम्म जनता कर्फ्यू लागु गरिएको थियो।

आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गर्‍यो।