भारतीय प्रधानमन्त्री मोदी ‘लकडाउन अवधि थप्ने पक्षमा

 

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस फैलिन नदिन लगाइएको लकडाउनको अवधि थप्ने पक्षमा प्रधानमन्त्री नरेन्द्र मोदी रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्।
प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गरेका थिए जसका क्रममा धेरै मुख्यमन्त्रीहरूले मानिसहरूको हिँडडुलमा प्रतिबन्ध लगाउने कार्य जारी राख्नु पर्ने सुझाव दिएका थिए।

दिल्लीका मुख्यमन्त्री केजरीवालका अनुसार आउने मङ्गलवारसम्म जारी रहने भनिएको लकडाउनको अवधि थप गर्न प्रधानमन्त्री मोदी सहमत भएका थिए।
तर उनले त्यसबारे थप जानकारी दिएनन्।

महाराष्ट्र राज्यले ३० अप्रिलसम्म लकडाउनको अवधि बढाउने निर्णय गरिसकेको छ।