झापामा अवैध रूपमा भण्डारण गरिएको ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापा, २९ असार । झापाको भद्रपुर नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा लुकाइराखिएको खर्बुजाको बीउ बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय झापाको विशेष टोलीले आइतबार भद्रपुर–३ ज्ञानेचोकबाट करिब ३९ क्विन्टल बीउ नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार स्थानीय भीमलाल सुवेदीको घरमा छापा मार्दा लुकाइछिपाइ राखिएको अवस्थामा ९४ वटा बोरा फेला परेको थियो। ती बोराहरूमा कुल ३ हजार ९२० केजी (करिब ३९ क्विन्टल) खर्बुजाको बीउ रहेको प्राविधिक परीक्षणबाट खुलेको छ।

बरामद गरिएको बीउको स्रोत नखुलेको र अवैध रूपमा आयात गरिएको आशङ्कामा प्रहरीले यसलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी गरेको छ। भन्सार प्रक्रिया छलेर भण्डारण गरिएको पाइएमा प्रचलित कानून बमोजिम जरिवाना र कारबाही हुने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *