सुनको मूल्य एकै दिन २ हजार ८०० रुपैयाँले घट्याे, चाँदी पनि सस्तियाे
काठमाडौँ, २९ असार । स्थानीय बजारमा साताको दोस्रो कारोबार दिन सोमबार बहुमूल्य धातु सुन र चाँदी दुवैको मूल्यमा उच्च गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो।
महासङ्घले सार्वजनिक गरेको पछिल्लो विनिमय दरअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८५ हजार २०० कायम गरिएको छ। अघिल्लो दिन अर्थात् आइतबार सुन प्रतितोला रु २ लाख ८८ हजारमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा पनि आज मन्दी देखिएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर रु ४ हजार ३७५ मा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला रु ४ हजार ४७५ कायम भएको थियो।