कोरोना भाइरसबाट विश्वभर १ लाख ७७ हजार ६४० जनाको मृत्यु

maitrinews

 

अमेरिका । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६४० जनाको मृत्यु भएको छ । बुधबार विहान सम्मको तथ्यांकमा विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६४० पुगेको हो ।

अमेरिकामा मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । कोरोनाले इटालीमा एकै दिन ५३४ जनाको मृत्यु भएको छ । थप ५३४ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २४ हजार ६४८ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् । फ्रान्समा २० हजार ७९६ जनाको मृत्यु भएको छ भने बेलायतमा १७ हजार ३३७ जनाको मृत्यु भएको छ ।