अमेरिकामा भए ३ करोड ३३ लाख मानिसले रोजगारी गुमाए

 

अमेरका । कोरोना भाइरसको महामारीका कारण अमेरिकामा रोजगारी गुमाउनेको संख्या ३ करोड ३३ लाख पुगेको छ।
कोरोना महामारीका कारण विभिन्न व्यवसाय बन्द हुँदा अमेरिकामा बेरोजगार हुनेको संख्या बढ्दै गएको छ।
गत हप्ता थप ३२ लाख अमेरिकीले सरकारी राहतका लागि आवेदन दिएपछि अमेरिकामा अहिलेसम्म बेरोजगारको संख्या ३ करोड ३३ लाख पुगेको हो। यसअघि ६९ लाख अमेरिकीले भत्ताका लागि निवेदन दिइसकेका छन्।
अमेरिकाको श्रम विभागले बेरोजगार भत्ताका लागि निवेदन दिनेको संख्या साप्ताहिक रूपमा सार्वजनिक गर्ने गरेको छ ।
अमेरिकाको कूल श्रमशक्तिमध्ये यो संख्या झन्डै २० प्रतिशत भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।