बर्दियामा बाघ आतंक, राजमार्गमै आउन थाले बाघ

 

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा पुस १७ गते राती पाटेबाघले गुडिरहेकै मोटरसाइकलमा आक्रमण गरी एक महिलाको ज्यान लियो। सो घटनापछि निकुञ्‍जका बाघ हिंस्रक बनेको भन्दै चिन्ता र आक्रोश बढिरहेको छ।
बाघले आक्रमण गरिरहँदा राजमार्गमा यात्रा गर्न नै डराइमर्दो भएको छ। राजमार्ग हुँदै यात्रा गर्नेहरूले हरेक दिन त्यहाँ बाघ भेटएको तस्वीर र द‌ृश्यहरू विद्युतीय सामाजिक सञ्‍जालमा राखिरहेका छन्‌।
अहिले बर्दिया राष्ट्रिय निकुञ्‍जमा बाघ र मानिसबीच भइरहेको जम्काभेट तथा क्षति मानव वन्यजन्तु द्वन्द्वमा नयाँ जोखिम हो।

स्थानीयबासीले मानिस खान पल्केको नरभक्षी बाघलाई नियन्त्रणमा लिन या मार्न प्रशासनसँग माग गरिरहेका छन्‌। संरक्षणकर्मीहरूले भने बर्दिया निकुञ्‍जमा संख्या बढेको र बासस्थान क्षेत्रमा पर्ने सडकमा बाघ निस्कनु स्वाभाविक रहेको बताइरहेका छन्‌।

​यसअघि मानिस र सवारीसाधनको बाक्लो आवतजावत हुने राजमार्गमा दिउँसै पाटेबाघ आउने गरेको खासै देखिएकोरसुनिएको थिएन। तर, केही महिनायता अम्रेनी(चिसापानी क्षेत्रका सडकमा रातीमा मात्र नभई दिउँसै पाटेबाघले ुगस्ती गर्नु थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *