संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ

 

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो। आजको संवैधानिक इजलास पनि पुरानै छ। यसअघि प्रधानमन्यायाधीश जबराले न्यायाधीश हरिकृष्ण कार्की इजलासमा नबस्ने घोषणा गरेपछि कार्कीको ठाउँमा सपना मल्ल प्रधानलाई राखिएको छ।

उक्त विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन। आज पनि सो मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुनेछ।