संवैधानिक आयोगका पदाधिकारीद्वारा शपथग्रहण

maitrinews

 

काठमाडौँ । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेका पदाधिकारीहरुले आज सपथ ग्रहण गर्नुभएको छ ।

गएको मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकद्वारा अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका लागि सिफारिस हुनुभएका ३८ जना पदाधिकारीले आज सपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरु सम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार आज उहाँहरुलाई सपथ ग्रहण गराइएको हो ।

गएको मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका लागि ३८ जनाको नाम सिफारिस गरेको थियो ।