प्रधानमन्त्री ओलीद्वारा बुटवलमा केबलकार शिलान्यास

maitrinews

 

बुटबल। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुटवलदेखि पाल्पा जोड्ने केबलकारको शिलान्यास गर्नु भएको छ । उहाँले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको बसन्तपुरसम्म जोड्ने लुम्बिनी केबलकारको मध्याह्न १२ बजे बुटवलको बम्घाटमा शिलान्यास गर्नुभएको हो ।

लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुने बताइएको छ । ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुन लागेको हो ।