एमिकस क्युरी भन्छ, संविधानमा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार

 

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामा अदालतको सहयोगी ९एमिकस क्युरी० बाट राय लिन थालिएको छ । विघटनविरूद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा आजदेखि एमिकस क्युरीबाट राय लिन थालिएको हो । पाँच सदस्यीय एमिकस क्युरीमध्येबाट पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आज पहिलो राय प्रस्तुत गर्नुभयो ।
उहाँले विघटनविरुद्ध परेको रिट निवेदनमा पक्ष र विपक्ष दुवैलाई समेटेर मध्यमार्गी धारबाट राय प्रस्तुत गर्नुभयो । नेपालको संविधानमा स्पष्ट रूपमा प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था नभए पनि राजनीतिक अधिकार कार्यकारीलाई हुने राय उहाँले दिनुभयो । संविधानले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छ, संविधानको धारा ६७ ९७० को साइलेन्स बसेको छु, उहाँले थप्नुभयो, संविधानको धारा ७६ ९१० ले विघटन गर्न पाउने अधिकार छ । उहाँले विघटनको अधिकार कार्यकारी प्रमुखसँग हुने तर्क राख्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटन गर्न पाउने स्पष्ट व्यवस्था भएको इजलाससमक्ष राय प्रस्तुत गर्नुभयो ।

बहसकै क्रममा न्यायाधीश सपना मल्लले सवाल गर्नुभयो, संविधानमा लेखिएको कुरालाई हेर्ने कि रु राजनीतिक कुरालाई हेर्ने रु जवाफमा वरिष्ठ अधिवक्ता कार्की भन्नुभयो, संविधानमा शक्ति सन्तुलनको सिद्धान्त हुन्छ, त्यो सिद्धान्तअनुसार प्रधानमन्त्रीलाई विघटन गर्न पाउने अधिकार हुन्छ ।

संविधानको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालत भएको हुनाले इजलासबाट हुने फैसला महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । आज उहाँको राय दिने काम सम्पन्न भएको छ । पाँच जना एमिकस क्युरीमा बुधबार सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठकले क्रमैसँग राय दिनुहुनेछ । एमिकस क्युरीले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्य साथ स्वतन्त्र विचार दिनुहुनेछ ।

विघटन विरुद्ध दायर भएका १३ रिट निवेदकका पक्षबाट जवाफी बहस सोमबार सकिएको थियो । सरकारी पक्ष, सभामुख र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीले बहस गरिसक्नुभएको छ । एमिकस क्युरीको बहस सकिएपछि निर्णय आउने छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस सुरु भएको थियो । गत पुस ११ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।

गत पुस १० गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशानुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गरिसक्नुभएको छ ।

अदालतले विघटनसम्बन्धी सिफारिस र निर्णयको सक्कलप्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने तथा प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात संघीय सचिवालयबाट झिकाउन आदेश जारी गरेको थियो । सोहीबमोजिम सम्पूर्ण लिखित जवाफ अदालतमा पेस भइसकेका छन् ।