नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बैशाखमा

काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब ९निफ० को लागि संसारका ५२ देश बाट ४५० चलचित्र प्राप्त भएका थिए । यो कोरोनाको महामारिमा पनि हामीलाई विश्वाश गरेर चलचित्र पठाउनु हुने संसारका चलचित्रकर्मीहरुलाई आभार ब्यक्त गर्न चाहन्छौ । यो महामारिको बेलामा यती धेरै विश्वाश गरेर चलचित्र पठाउनु भएता पनि बिभिन्न सिमितताले गर्दा सबै देशको सबै राम्रा फिल्म छन्न वा प्रदर्सन गर्न सम्भब नहुने कुरा सबैलाई बिदितै छ । हाम्रो आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्यबाट ३१ देशका ६३ चलचित्रलाई चौथो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सबमा प्रस्तिस्पर्धाको लागि छनौट गरिएको छ । कोरोना महामारिका कारण केही पुरा हुन नसकेका र केही रिलिज नभएको कारण सुरक्षाले गर्दा पनि होला नेपाली फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत खासै फिल्महरु आउन नसकेको र अली टाईम मागेको तर हामीले पूर्व निर्धारित मिती भएको कारणले आज छनौट फिल्मको नामाबली सार्वजनिक गर्नै पर्ने कारणले सो प्रतिस्पर्धाको लागि नेपाली फिचर फिल्म फाईनल नागरिकन अरु प्रतिस्पर्धाको लागि छनौट गरिएका चलचित्रको नाम सार्वजनिक गरिएको छ । त्यसै गरी केही बिशेष,उत्कृष्ट र बिषय प्रधान चलचित्रहरु पनि प्राप्त भयो भने अप्रतियोगी हुने गरी प्रदर्सन गर्न सकिने ब्यहोरा जानकारी गराइन्छ । हामीले निफको चौथो संस्करण २०२१ फेबु्रअरी २४ देखि २८ ९फागुन १२ देखि १६ सम्म० काठमाडौंमा गर्ने तयारीसहित विश्वभरका फिल्मकर्मीलाई सहभागिताका लागि आहवान गरेका थियौं । सो अनुसार हामीलाई उत्साहपूर्ण रुपमा चलचित्रहरु प्राप्त भए तर, कोभिड १९ पछि फैलिएको महामारीका कारण विश्वभरका फिल्मकर्मीलाई एकजुट बनाइ हलमै फेस्टिभल गर्ने हाम्रो चाहाना पुरा गर्न फागुन भन्दा बैशाख बढी सहज र सुरक्षित हुने ठानेर पहिले उल्लेखित मितीबाट आगामी २०७८ बैशाख २३ (२७ ९ःबथ ट(ज्ञण्,द्दण्द्दज्ञ० मा सारीएको जानकारी गराएका थियौ । हामीले पूर्व घोषित प्रतिबद्दता अनुसार चौथो नीफमा प्रतिस्पर्धा र प्रदर्सन गरिने चलचित्रहरुका नामाबली सार्वजनिक गरेका छौ । महोत्सबको अरु जानकारी आगामी दिनहरुमा गराउने नै छौ ।
ूविश्वका कथाहरुको कथ्य उत्सवू भन्ने नाराका साथ ‘फिल्म संस्कृति’ को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि बितरण गरिने छ । । कोभिड(१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ भने क्ष्लतभचलबतष्यलब िँभमभचबतष्यल या ाष्mि कयअष्भतष्भक, क्ष्ँँक् म्यल त्तगष्वयतभ ब्धबचम उत्कृष्ट फिचर फिल्मको लागि प्रदान गरिने छ ।। यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड यथावत रुपमा प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु। १ लाख , उत्कृष्ट सर्ट फिल्मलाई नगद रु। ५० हजार प्रदान गरिने छ ।