सर्वोच्चको फैसला मान्छौँ : ज्ञवाली

 

काठमाडौँ । परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताउनुभएको छ ।
तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीले बताउनुभयो । ‘सामान्यतया यस्तो फैसला अपेक्षित थिएन। तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उहाँले भन्नुभयो ।

जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो समस्या भने अब कायमै रहने चिन्ता ज्ञवालीले व्यक्त गर्नुभयो । ‘जे समस्या हुने देखेका थियौं, त्यो त कायमै रहने भयो । तर, यो कुरा पछि भयो । अहिलेलाई अदालतको फैसला स्वीकार गर्छौं’, उहाँले भन्नुभयो ।