कीर्तिपुरमा कारले ८ वटा मोटरसाइकल र १ भ्यानलाई ठक्कर दिँदा तीन घाइते

maitrinews

 

काठमाडौं। काठमाडौंको कीर्तिपुरमा एउटा कारले दुई वटा स्कुटर, छ वटा मोटरसाइकल र एक भ्यानलाई ठक्कर दिएको छ ।शुक्रवार राती कीर्तिपुरको नयाँ बजारमा सो सडक दुर्घटना भएको हो ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी रुपेश तण्डुकारका अनुसार एकतर्फी ९वन वे० सडकबाट आएको कारले सो सडकमा चल्दै गरेका दुई पाङ्ग्रे आठ वटा सवारी साधन र एक भ्यानलाई ठक्कर दिएको हो ।

सो सडक दुर्घटनामा परी तीन जना घाइते भएको डीएसपी तण्डुकारले जानकारी दिए । घाइतेको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा कारले ठक्कर दिएपछि भ्यान पल्टिएको छ भने दुई स्कुटरसमेत सडक किनारमा पल्टिएका छन् ।

प्रहरीले कार चालकलाई कलङ्कीबाट पक्राउ गरेको छ । दुर्घटनापछि चालक भागेका थिए । प्रहरीले चालकले मादक पदार्थ सेवन मापसे गरी कार चलाएको बताएको छ ।