प्रधानमन्त्री ओलीव्दारा झापामा औद्योगिक पार्क शिलान्यास हुँदै

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ। औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आज झापा जान लाग्नु भएको हो ।
प्रधानमन्त्री ओलीले गौरादह नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालकामा २ हजार २ सय बिगाहमा बन्ने ‘चीन(नेपाल मैत्री औद्योगिक पार्क’को आज शलान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।

कमल गाउपािलका –७ मा हुने कार्यक्रमपछि प्रधानमन्त्रीले त्यहाँ आयोजना गरिने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको समेत रहेको बताइएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्नुहुने कार्यक्रम छ । त्यसैगरी यस्तै दमक नगरपालिका –१ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक नगरपलिका –४ बाट उर्लाबारीको आम्बाडी जोड्ने मावा पुल, दमक नगरपािलका –१० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *