एस्कर्ट्सको नयाँ डीगम्याक्स थ्रीइमसिन नेपालमा

 

काठमाडौँ । नेपालको लागि एक्स्कर्समसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स्प्रा.लिलेएस्कर्ट्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीगम्याक्स थ्रीइब्याक्होलोडरको विक्री खुल्ला गरेको छ ।नयाँ मसिन अत्याधिक कार्यक्षमतासहितडिजाईन अरुभन्दा फरक रहेको छ । अपरेटरलाई काम गर्न सजिलो होस्भनेर ठुलो क्याबिन बनाइनुकासाथै फ्युल इफिसेन्सीमा बिशेष ध्यान दिएको छ ।डीगम्याक्स थ्रीइब्याक्होलोडरमा अगाडीरहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी बिशेष आकर्षक बनाइएको छ। रात्रीकालीन समयमा काम गर्न सजिलो होस्भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठुलो साइजकालीड लाइटहरु प्रयोगगरिएको छ। अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्ट्मजडान गरिएकोछ ।अगाडीरपछाडीदुबैतिर क्याबिनको झयाल खोल्न सकिनेछ जस्ले गर्दा अपरेटरलाई मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुनेछ । स्टेरिङ्ग चलाउँदा सजिलो होस्भनेर आफ्नो इच्छा अनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेरिङ्ग दिइएको छ ।सहजै मसिन संचालन गर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङ्गको व्यवस्था गरिएको छ भने टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको छ । यो मसिन बजारमा उपलब्ध मसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले बताए ।डीगम्याक्स थ्रीइचौथो जेनेरेसन फिचर्समा आधारित छ । इक्युपमेन्ट मोनिटरिङ्ग सिस्टम ९भ्ःक्० जडान भएकोहुँदाँअपरेटरले मसिन संचालनको क्रममा मसिनको बारेमा सम्पूर्ण जानकारी पाउने छन्। मसिनको अपरेशन खर्च कम लाग्ने भएकाले ब्याक्होलोडर सेगमेन्टमा एक्स्कर्सको राम्रो मार्केट शेयर बढ्ने अनुमान गर्न सकिन्छ ।नेपालमा एस्कर्ट्सको झण्डै ११०० युनिट भन्दा पनि बढि मसिनहरु छन्। आइएमईअटोमोटिम्स प्रा.लिले देशभरका १२ वटै शाखा अन्तर्गत २०१४ देखी एस्कर्ट्सकन्ट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर,हाइड्रा क्रेनहरु बिक्रि वितरण गर्दै आएको छ । क्रेन सेगमेन्टमा एक्स्कर्सनेपालकै नबर १ ब्राण्ड रहेको र ग्राहकको रोजाई अनुसार मसिनहरु अझै अपग्रेड तथा अपडेट गरेर बजारमा ल्याउँदै जाने घिमिरेले बताएका छन्।