सेनालाई कसैले पनि विवादमा तान्न हुन्न : प्रधानमन्त्री

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने प्रयास हुँदै आएको भन्दै वाद प्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्न नहुने बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

परिषद्का अध्यक्ष तथा रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाली सेनालाई अनावश्यक विवादमा तान्न खोज्ने वा अपमान, प्रोभोक गर्न खोज्ने अझ घिसारेर विवादमा ल्याउन खोज्ने प्रवृत्ति देखिन्छ । अनुत्तरदायी ढंगले सेनालाई हिलो छ्याप्नु हुँदैन । कानुन उलंघन सेनाले गरेको छ भने हेर्ने निकाय छँदैछन् । तर वाद प्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्न हुन्न ।’