पार्टीको निर्देशनविपरीत नेपाल–खनाल समूहको कार्यकर्ता भेला सुरु, कार्यकर्ताको न्यून सहभागिता

maitrinews

 

काठमाडौँ । पार्टीको निर्देशनविपरीत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले दुईदिने राष्ट्रिय कार्यकर्ता भेला सुरु गरेको छ । भेलामा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायत नेताहरु सहभागी छन् ।
तल्लो तहसम्मै समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको उक्त समूहले भेलामा आफू पक्षीय नेता–कार्यकर्ता जम्मा पारेको छ । भेलामा अपेक्षा गरिएभन्दा निकै कम नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।
सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएर एकताबद्ध हुन लागेको पार्टीमा फेरि विवाद देखिएका छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलील गत फागुन २८ गते केन्द्रीय कमिटी विस्तार गरी माओवादीबाट आएका नेताहरुलाई जिम्मेवारी दिए पछिनेपाल–खनाल पक्षले आपत्ति जनाएको छ ।