एमालेले किन फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन ?

maitrinews

 

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णयसमेत गरेको छ ।

कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुनुहुन्छ । सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढा मन्त्री हुनुहुन्छ ।

बैठकले कर्णाली प्रदेशमा मन्त्री बन्नुभएका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको हो ।