सुनिताको ए–कान्छामा कक्रोजको फरक स्वाद

काठमाडौं। गायिका सुनिता तिमल्सिनाको ए–कान्छा सार्वजनिक भएको छ। नेपाली सांगीतिक आकाशमा छुट्टै नाम बनाउंदै आएकी गायिका सुनिता तिमल्सिनाको कान्छा सार्वजनिक भएको हो।

पूर्वी नेपालको धरानवाट काठमाडौं आएकी गायिका सुनिता तिमल्सिनाको गायकी जस्तै अभिनयमा पनि उत्तिकै माहिर रहेकी छन्। गायिका तिमल्सिनाको सार्वजनिक भएको यस गीतमा उनको आवाज संगै अभिनय पनि हेर्न सकिन्छ । अभिनयमा उनलाई सक्किगोनी टेलिचलचित्रका कलाकार तथा मोडल हरिश निरौलाले साथ दिएका छन् । यस भिडियोमा हरिश निरौला (कक्रोज) फरक भूमिकामा देखिएका छन ।

नरेश भट्टराईको शब्दमा बद्री सेवाले संगीत गरेको यस गीतलाई रोमान्टिक नम्बरमा बनाईएको छ । निर्देशक सुमन सागर जंग केसीले निदेशन गरेको यस गीतमा कोरियोग्राफी भने रोशन बिकले गरेका छन्।