जीपी कोइराला फाउण्डेशन अमेरिका च्याप्टरको कार्यालयमा वाइडेन प्रशासनको नयाँ अध्यागमन कानुनबारे छलफल

maitrinews

 

न्युयोर्क । गिरिजा प्रसाद कोईराला फाउन्डेसन अमेरीका च्याप्टरको कार्यालय ज्याक्सन हाईट्स न्युयोर्कमा यस संस्थाका अध्यक्ष सोमनाथ घिमीरे र पदाधिकारी एवं विभिन्न अतिथि महानुभावहरूको उपस्थितिमा वर्तमान परिस्थितिमा भएगरेका अध्यागमन विषयमा वृहत कानुनी छलफल एवं अन्तक्र्रियात्मक छलफल गरेको छ ।

वरिष्ठ कानुनविद तथा अधिवक्ता एवं यसै फाउन्डेशनका कानुनी सल्लाहाकार समेत रहनुभएका श्री गिरिजा गौतमलाई कार्यालयमा संस्थाका अध्यक्ष सोमनाथ घिमिरे एवं पदाधिकारीहरूले स्वागत गर्नुभयो।करीव २ घण्टा प्रत्यक्ष प्रसारण समेत गरिएको सो अन्तक्र्रियामा अमेरिकी नेपालीहरूले भोग्नुपरेका कानुनी समस्या,वाइडेन प्रशासनवाट हुनसक्ने सहजता,प्रस्तावित वृहत अध्यागमन कानुन २०२१ र यसवाट नेपाली अमेरिकीहरूलाई हुनसक्ने फाईदा, डाका, टिपीएस, एसाईलम लगायतलाई ग्रीनकार्ड हुँदै नागरिकताको वाटोमा लैजाने स्वप्नील कानुनका वारे कानुनविद गौतमले आफुले जानेवुझेसम्म प्रष्ट भाषामा बुझाउनुभएको थियो।

विगतमा ट्रम्प प्रशासनले अध्यागमन क्षेत्र अस्तव्यस्त पारेको, आप्रवासीलाई असहज हुने र कडा कानुन एवं ऐक्जीक्युटिभ अडर हरू ल्याएको, जताततै आप्रवासीहरूमा त्रासदीपूर्ण वातावरण भएकोमा हाल आएर आप्रवासीहरूले शान्तीको सास फेर्दै आगामी दिनहरूमा आशान्वित सहजता हुने विश्वास आफुलाई लागेको वताउनुभयो। वहाँले विभिन्न चार्जहरू हटाउने,केही देशमा लागेको ट्राभल व्याण्ड हटाउने,लगायतका कामहरू पहिले दिनवाटै थालेर वाइडेनले आप्रवासीहरूको मन जितीरहेको वताउनुभयो।

कंग्रेस र सिनेटमा पार्टीगत सहमति गराई आप्रवासी कानुन पास गराउनसके यो एक ऐतिहासिक उपलब्धि हुने र वाईडेन प्रशासनले त्यस्तो कानुनकालागी वृहत तयारीसाथ अगाडी लम्केको आफुले महशुस गरेको कुरा वहाँले वताउनुभयो।

विगतमा पनी जर्ज वुश,रोनाल्ड रेगन,विल क्लिन्टन र वाराक ओवामाले यस्ता कानुन ल्याउने जमर्को गरेको तर प्राविधिक कारणले नसकेको तर रेगनको पालामा ठुलो हिस्सा लाभान्वित भएको वताउनुभयो। जिपी फाउण्डेशनका अध्यक्ष घिमीरेले प्रत्यक्ष प्रसारणमा जोडीएका र म्यासेज र कमेन्टमार्फत आफ्ना जिज्ञासाहरू राख्नुहुने विभिन्न व्यक्तिहरूको जिज्ञासा कानुनविद समक्ष राख्नुभै वहाँहरूको कानुनी उपचारवारे प्रष्ट पार्नुभएको थियो भने उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिती सदस्य द्वय रामचन्द्र अधिकारी र ध्रुव कुवॅंर क्षेत्री , गणेश श्रेष्ठ लगायतले विभिन्न समसामयिक एवं अध्यागमनवारे प्रश्नहरू राख्नुभएको थियो।

टिपीएसको म्याद थपको विषय,एसाईलमको अन्तर्वार्ता, अध्यागमन अदालतमा कोभिडको कारणले पर्न गएको व्याकलग र यस्को असर आदीवारे कानुनविद श्री गौतमले प्रष्ट कानुनी धारणा राख्नुभएको थियो।सो कार्यक्रम मा रिता खडका ले पनी आफुले भोगेका कानुनी समस्या र सोको समाधानवारे जिज्ञासा राख्नुभएको थियो।

कानुनविद गौतमले आफु नेपालीजनको लागी सदा जानेसम्मको कानुनी परामर्श निशुल्क दिन हरदम तयार रहेको र सोको लागी आफुलाई पुर्व जानकारी भएमा अझ व्यवस्थित ढंगले समय लिई तपाईंहरूको कानुनी समस्या हलगर्न सदा तत्पर रहेको व्यहोरा समेत अवगत गराउनुभयो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले अध्यागमन कानुनविद् एंव यसै फाउण्डेशनका कानुनी सल्लाहकार श्री गिरिजा गौतमलाई आफ्नो अमुल्य समय फाउण्डेशनलाई उपलब्ध गराई सहयोग गर्नु भएकोमा धन्यवाद एंव आभार प्रकट गरेको छ ।