सत्तामा जाने नजाने विषयमा चर्को मतभेद, जसपा फुटको संघारमा

maitrinews

 

काठमाडौं । नयाँ सत्ता समीकरणको साँचो हातमा रहेको भनिएको जनता समाजवादी पार्टीमा तीव्र विवाद देखिएको छ । पार्टीभित्र बर्तमान ओली सरकारलाई साथ दिने अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको अडानसँगै सो पार्टी फुटको संघारमा पुगेको छ ।

सोही कारण जसपाको बिहीबारका लागि बोलाइएको कार्यकारिणी समितिको बैठक एकाएक स्थगित भएपछि अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षधर नेताहरु आक्रोशित बनेका छन् ।

जसपा भित्र हाल ओलीले नेतृत्व गरेको यही सरकारमा जानेकी नयाँ गठबन्ध बनाउने भन्नेमा विवाद बढ्दो छ ।

ओलीले नेतृत्व गरेको सरकारलाई नै साथ दिनुपर्ने पक्षमा ठाकुर र महतो हुनुहुन्छ भने यादव र भट्टराई नयाँ गठबन्धन बनाउनुपर्ने पक्षमा उभिनुभएको छ ।
आफूहरुको माग जसले पूरा गर्छ त्यसैलाई सहयोग गर्ने भन्दै जसपाका अध्यक्ष ठाकुरलगायतका नेताहरुले सार्वजनिक रुपमा नै धारणा दिंदै आउनुभएको छ ।