काँग्रेस नेता जोशीको उपचार गर्न सरकारले १० लाख सहयोग गर्ने

 

काठमाडौँ । मस्तिष्कघातपछि उपचार गराइरहेका नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

शुक्रबार नर्भिक अस्पताल पुगेर उपप्रधानमन्त्री पोखरेलले जोशीको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *