एमाले संसदीय दल र केन्द्रीय कमिटीको बैठक

 

काठमाडौं । नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । संसदीय दलको बैठक विहान र केन्द्रीय कमिटीको बैठक मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
संसदीय दलको विधान संशोधन गर्ने तयारी छ । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार दलको विधान २०७२ कै छ, जसमा भएका कतिपय व्यवस्था नयाँ संविधानअनुसार मिलाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *