४० वर्ष भारतीय जेलमा बस्दा

maitrinews

 

कोलकाता । ४० वर्षदेखि भारतीय जेलमा रहेका नेपाली दुर्गाप्रसाद तिम्सिना शनिबार जेलमुक्त हुनुभएको छ । उहाँले जेलबाट छुट्नेबित्तिकै संक्षिप्त प्रतिक्रिया दिनुभयो ,‘ म निर्दोष थिएँ ।

भारत पश्चिम बंगालको दमदम सेन्ट्रल जेल मा रहेका उहाँ कोलकाता उच्च अदालतको आदेशबमोजिम छुट्नु भएको हो। उहाँ शारीरिक र मानसिक रुपमा कमजोर हुनुभएको छ ।

दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुग्नुभएको थियो ।

कोलकाता उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार उहाँलाई छाड्न आदेश दिएको थियो ।