बायोपिक फिल्ममा जम्ने रीमा विश्वकर्माको बोल्डनेस

काठमाडौं। बलिउड तथा हलिउडमा नेता देखि अभिनेतासम्मका बायोपिक फिल्म बन्न थालेको बर्षौ बर्ष भैसकेको छ। विभिन्न उतार चढावमा देखिएका विभिन्न सेलिब्रेटीका जीवनीमा आधारित फिल्म नै बायोपिक फिल्म हो। ती फिल्ममा सेलिब्रेटीका बास्तविक जीवनलाई सकभर जस्ताको तस्तै प्रस्तुत गर्ने कोशिश गरिएको हुन्छ।

केही समयअघि कलिउड अर्थात नेपाली फिल्म इण्डष्ट्रीमा ख्यातिप्राप्त साहित्यका झमक कुमारीका विषयमा बायोपिक फिल्म बनिसकेको छ। जुन फिल्ममा झमक कुमारीका वास्तविकतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य भएको छ। त्यस्तै दृष्टिविहीन सृष्टि केसीको जीवन कथामा पनि बायोपिक फिल्म ब्लाइन्ड रक्स बनिसकेको छ।

त्यस्तै उतारचढावमा रहेकी पछिल्लो पुस्ताकी ख्यातिप्राप्त नायिका रीमा विश्वकर्मालाई बायोपिक फिल्म मन पर्ने गरेको खुलासा गरेकी छन्। रीमा विश्वकर्मालाई बायोपिक फिल्ममा काम गर्न चाहन्छिन्। त्यो बायोपिक फिल्म सकभर आफ्नै बनेमा आफै खेल्ने अडानमा रहेकी छन्।

आफ्नो जिन्दगीमा धेरै उतारचढाव आएको कतिपय मिडियालाई पनि थाहा नभएको भन्दै आफ्नो बायोपिक फिल्ममा आफै खेल्ने बताएकी छन्। त्यस्तै रीमा विश्वकर्मालाई नायिका मनिषा कोइरालाको बायोपिक फिल्म बनेमा त्यसमा पनि काम गर्न मन लागेको खुलासा गरेकी छन्। रीमा विश्वकर्मा त्यतिकै बोल्डनेस नायिका पनि हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *