अर्घाखाँचीमा जिप दुर्घटना, ७ जना घाइते

maitrinews

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा जिप दुर्घटना हुदा ७ जना घाइते भएका छन्। सन्धिखर्क–९ अर्घाको सेक्रटीबाट सदरमुकाम सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याप जीप चुत्राबेंसी जनज्योति उच्च मावि नजिकै सडकबाट करिव ३५ मिटर तल भीरमा खसेर अड्किएको छ।

दुर्घटनामा परि अर्घाखाँची सन्धिखर्क ९ अर्घाका २८ वर्षीय सुरज खनाल, उनकी श्रीमती २३ वर्षीया रिता खनाल, छोरा ४ वर्षीय छोरा सुक्रिम खनाल, सोही ठाउँका ३३ वर्षीय सावित्री खनाल, १८ वर्षीय विजय खत्री, जीप चालक ४२ वर्षीय ठक बहादुर खत्री र ६६ वर्षीया सीता खत्री घाइते भएका छन्। घाइते मध्ये चालक ठक बहादुर खत्री र ६६ बर्षिय सीता खत्री गम्भीर घाइते भएका छन्। उनिहरू सबैको अहिले जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको छ।