सुनको भाउ बढ्यो

maitrinews

 

काठमाडौं । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ । चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ ।
शुक्रबार १२७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १२८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।