कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो। पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम देखिएको आरोप सभापति देउवामाथि लाग्दै आएको छ । ओलीलाई हटाउनेतिर भन्दा चुनावतिर देउवाको जोड रहेको छ । अन्य नेताहरू नेतृत्व लिन देउवालाई दबाब दिदै आएका छन् ।