कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्छ

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुने गरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्ने बताउनुभएको छ । । खाद्यका लागि कृषि अभियानले सोमबार गरेको कृषि विकासका समसामयिक सवालहरू छलफल कार्यक्रममा अर्यालले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी जरुरी भएकाले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताउनुभएको हो ।
कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामर्थ्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उहाँको भनाइ छ । तत्कालै रासायनिक मलको विस्थापित गर्न नसकिने भएकाले प्रांगारिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने उहाँको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *