सरकारबारे माओवादी केन्द्रले निर्णय गर्दै

maitrinews

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसहित वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गर्न लागि स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिनुभयो । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि दलहरूबीचमा भइरहेका छलफल र आगामी रणनीतिक विषयमा समेत छलफल हुनेछ ।